अब अक्सिजन भर्न स्वास्थ्य मन्त्रालयको सिफारिस अनिवार्य (पत्रसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

अब अक्सिजन भर्न स्वास्थ्य मन्त्रालयको सिफारिस अनिवार्य (पत्रसहित)

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस लिएकालाई मात्र अक्सिजन दिन कम्पनीहरुलाई अनुरोध गरेको छ ।

शनिबार एक पत्र जारी गर्दै मन्त्रालयले आफ्नो सिफारिस बिना कुनै पनि सरकारी, सामुदायिक तथा निजी अस्पतालहरुलाई अक्सिजन सिलिन्डर भरी बिक्री वितरण नगर्न अक्सिजन सम्बन्धी व्यवसाय गर्दै आएका कम्पनीलाई अनुरोध गरेको छ ।

दिनप्रतिदिन फैलिरहेको कोभिड १९ महामारीको दोस्रो लहरका कारण धेरै संक्रमितलाई अक्सिजनको आवश्यकता पर्न सक्ने देखिएको छ । अक्सिजन बिक्री वितरणलाई थप व्यवस्थित गर्नका लागि मन्त्रालयले आफ्नो सिफारिस बिना अक्सिजन सिलिन्डर भरी बिक्री वितरण नगर्न सम्बन्धित कम्पनीलाई अनुरोध गरेको हो ।

मन्त्रालयको निर्देशन विपरीत काम गरेमा त्यस्ता कम्पनीलाई नियम अनुसार कारबाही हुने चेतावनी समेत दिइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);