अक्सिजन सिलिण्डर लिन नेपाल वायुसेवा निगमको जहाज चीन जाँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

अक्सिजन सिलिण्डर लिन नेपाल वायुसेवा निगमको जहाज चीन जाँदै

काठमाडौं। अक्सिजन सिलिण्डर लिनका लागि नेपाल वायुसेवा निगमको आज एयरबस ३३० जहाज चीन जाँदै छ ।

अक्सिजन सिलिन्डर ल्याउन आज राति साढे ११ बजे उड्ने जहाज चीन जाने नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको हो । अक्सिजन सिलिन्डर लिएर मंगलबार बिहान ८ बजे स्वदेश आइपुग्ने छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चीनबाट ४ सय थान अक्सिजन सिलिन्डर ल्याइनेछ साथै १ सय ७० थान अक्सिजन कन्सर्नट्रेटर पनि ल्याउन लागिएको मन्त्रालयले जनाएको छ ।

चीनबाट कुल २० हजार सिलिन्डर ल्याउने तयारी सरकारले गरेको जसमा पहिलोचरणमा ४ सय थान मात्र ल्याउन लागिएको हो ।

पछिल्लो समय मुलुकमा दोस्रो चरणको कोभिड फैलिएपछि अक्सिजनको माग बढ्दो छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);