कर्मचारी समायोजनसंगै डडेल्धुरा अस्पताल चिकित्सकविहीन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कर्मचारी समायोजनसंगै डडेल्धुरा अस्पताल चिकित्सकविहीन

dadeldhura aspatal chikitsak bihin

विमल जैरु
डडेल्धुरा, ७ भदौ  । समायोजनपछि पनि चिकित्सक काममा नआउँदा डडेल्धुरा अस्पताल चिकित्सकविहीन बनेको छ । अस्पतालको हालको सेवा सुविधा संचालन गर्नका लागि दिनँहु १५ जना चिकित्सक आवश्यक पर्ने भएपनि डडेल्धुरा अस्पतालमा तीन जना मात्रै चिकित्सक रहेका छन् ।

अस्पतालमा रहेका १२ जना चिकित्सक मध्ये ८ जना मेडिकल अधिकृत समायोजन भएर अन्यत्र गएपछि अहिले डडेल्धुरा अस्पताल चिकित्सकविहीन हुँदा स्थानीय विरामीलाई उपचारका लागि समस्या भएको छ ।

त्यसै त दुर्गम जिल्लाका अस्पतालहरुमा चिकित्सकको अभावले अस्पतालले दिने सेवामा प्रभाव पर्दछ भने कर्मचारी समायोजनले झन् प्रभाव पारेको छ । कर्मचारी समायोजनसंगै डडेल्धुरा अस्पतालमा चिकित्सकको अभाव बढेको छ । संघ सरकार अन्र्तगत रहेको डडेल्धुरा अस्पतालबाट समायोजन भएर चिकित्सक गएपछि अस्पताल चिकित्सकविहिन बनेको हो ।

डडेल्धुरा अस्पतालमा रहेका १२ जना मेडिकल अधिकृत मध्ये ८ जना स्थानीय तह र प्रदेश सरकारमा समायोजन भएर गएका छन् भने एक जना चिकित्सक एक महिनाको काज विदामा रहेकाले अहिले डडेल्धुरा अस्पतालमा ३ जना मात्र चिकित्सक छन् । अस्पतालमा रहेको सेवालाई संचालनका लागि दैनिक १५ जना चिकित्सक आवश्यक पर्ने भएपनि हाल ३ जना मात्रै चिकित्सक रहँदा अस्पतालको सेवा प्रभावित भएको अस्पताल प्रशासनले जनाएको छ । समायोजन भएर चिकित्सक नहुँदा विरामीको उपचार गर्नका लागि समस्या भईरहेको डडेल्धुरा अस्पतालका निमित्त मेसु डा. जितेन्द्र कँडेलले जानकारी दिनुभयो ।

सुदुरपश्चिमका सातवटै पहाडि जिल्लाको केन्द्रका रुपमा डडेल्धुरा रहेको छ । डडेल्धुरा अस्पतालमा सुदूरपश्चिमका बाजुरा, बैतडी, डोटी, दार्चुला, अछाम लगायतका जिल्लाहरुबाट डडेल्धुरामा उपचारका लागि आउने गर्दछन् । तर अस्पतालमा चिकित्सकको कमीले उपचार सेवा पाउन विभिन्न समस्या झेल्न बाध्य छन् ।

डडेल्धुरा अस्पतालमा अचेल दैनिक २ देखि ३ सय जना विरामी उपचारका लागि आउने गरेका छन् । नेपाल सरकारले डडेल्धुरा अस्पताललाई विशिष्ट विशेषज्ञ अस्पताल बनाउने घोषणा गरेको भएपनि समायोजन भएपनि एक जना पनि विशेषज्ञ चिकित्सक नजाउनुले कतै घोषणा कागजमै सिमित हुने हो की भन्दै डडेल्धुराका स्थानीयवासी चिन्तित भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);