अनुगमनबिनै १८० कम्पनीका औषधि आयात | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

अनुगमनबिनै १८० कम्पनीका औषधि आयात

medicine

काठमाडौं, ७ भदौ । तेस्रो मुलुकबाट आयात हुने १८० औषधि उद्योगको अनुगमन नै नगरी ती उद्योगले उत्पादन गर्दै आएका हजारौं ब्रान्डका औषधि नेपाली बजारमा भित्रिने गरेको पाइएको छ । औषधि व्यवस्था विभागका अनुसार हाल नेपालमा ३ सय विदेशी औषधि उद्योगबाट उत्पादित औषधि आयात हुँदै आएको छ । तर, आवश्यक जनशक्तिको अभावमा प्रभावकारी रूपमा अनुगमन गर्न नसकिएको विभागका अधिकारीहरू स्विकार्छन् ।

२०६१ सालबाट औषधिको जीएमपी (विश्व स्वास्थ्य संगठन गुड म्यानुफ्याक्चरिङ प्राक्टिस) सुरु भएको थियो । नेपाली बजारमा बिक्री भइरहेका औषधिमध्ये १८० वटा विदेशी औषधि उद्योगको अनुगमन गर्न सकेको छैन । ती कम्पनीले पेस गरेको कागजपत्रका आधारमा मात्र औषधि बिक्रीका लागि स्वीकृति दिँदै आएको छ । नेपालमा मुख्यतः भारत, बगंलादेश, चीन, भियतनामलगायतका देशबाट औषधि आयात हुने गरेका छन् ।

नेपालमा अहिलेसम्म ३ सय विदेशी औषधि उद्योगले बजारीकरण गर्दै आएका छन् । दुई किसिमका उद्योग स्वयं कम्पनी आफंैले बजारका प्रतिनिधि राखेर बजारीकरण गर्ने र नेपालमा वितरक (डिस्ट्रिब्युटर्स) खडा गरेर आफ्नो उत्पादन मूल्यमा केही प्रतिशत नाफा राखी सम्पूर्ण जिम्मेवारी नेपाली वितरकलाई दिने गरेका छन् । स्रोतका अनुसार निजी ल्याबबाट औषधिको परीक्षण भई स्वीकृत हुँदै आएको छ । सरकार मातहत औषधि प्रयोगशाला भए पनि निजी ल्याबलाई अनुमति दिएर आयात गरिएका औषधि परीक्षण भइरहेका छन् ।

यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);