सर्पदंशको औषधि अब नेपालमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

काठमाडौं, २० कार्तिक । सर्पदंशको औषधि अब नेपालमै उत्पादन हुने भएको छ ।

त्यसका लागि ८८ करोड ६३ लाख रुपैयाँको लगानीमा सुनसरीका इटहरीमा सर्पदंशको औषधि उत्पादन गर्ने कम्पनी स्थापना गरिएको छ । एन्टी–स्नेक भेनम सेरुम रिसर्च म्यानुफ्याक्चरिङ कम्पनीले औषधि उत्पादन सुरु गर्न लागेको हो । सो कम्पनीका अनुसार नेपालमा १ अर्ब ५३ करोड मूल्य बराबरको औषधि उत्पादन गर्न सकिनेछ । हाल नेपालमा वार्षिक तीस हजार भाएल अर्थात् ४ करोड रुपैयाँ बराबरको सर्पदंशको औषधि सरकारले विदेशबाट आयात गर्दै आएको छ । नेपालमै औषधि उत्पादन हुन थालेपछि विदेश निर्यात पनि गर्न सकिने कम्पनीको दाबी छ ।

सर्पदंशको औषधि बनाउन सर्पकै विष निकाल्नुपर्ने हुन्छ । सर्पबाट विष निकालेर घोडामा परिक्षण गरेपछि औषधी बन्ने अन्तर्राष्ट्रिय मान्यता अनुसार नै औषधी उत्पादन गरी वितरण गर्ने कम्पनीले जनाएको छ ।

नेपाल सरकारले सर्पको अध्ययनका लागि अहिलेसम्म बजेट विनियोजन नगरे पनि व्यक्तिगत रुपमा गरेको अनुसन्धान अनुसार ९२ प्रकारका सर्प रहेको र ती मध्य २८ ओटा विषालु सर्प रहेको विभिन्न तथ्याङ्कले देखाएका छन् ।

कम्पनीले चार सयभन्दा बढी दक्ष प्राविधिकलाई रोजगारी दिने र वार्षिक १ अर्ब बराबरको विदेशी मुद्रा नेपाल भित्र्याउने लक्ष्य पनि लिएको छ ।

 

 

 

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);