अव नेपालमै क्यान्सरको औषधि उत्पादन | ईमाउण्टेन समाचार

Our Network

भदौ १८ २०८३, शुक्रबार

अव नेपालमै क्यान्सरको औषधि उत्पादन

cancer aausadhi

काठमाडौं, ८ फागुन । नेपालमा क्यान्सर रोगी कति छन् भन्ने कुनै आधिकारिक तथ्यांक छैन। क्यान्सरको उपचार प्रदान गर्ने अस्पतालहरुमा आउने रोगीको संख्या पछिल्ला वर्षहरुमा बढिरहेको तथ्यांक छ। यसले मुलुकमा क्यान्सर रोगीको संख्या वृद्धि भइरहेको देखाउँछ।

यसैबीच, नेपालमै क्यान्सरको औषधि उत्पान गर्दे उद्देश्यका साथ एक भारतीय औषधि कम्पनी प्रवेश गरेको छ। तिजिङ फर्मा प्रालि नामको कम्पनीले ३५ करोड ११ लाख रुपैयाँ लगानी गरी भक्तपुरमा औधधि उत्पादन प्लान्ट स्थापना गर्दैछ। कम्पनीले यसका लागि उद्योग विभागबाट स्वीकृतिसमेत लिइसकेको छ। क्यान्सर रोग उपचारमा प्रयोग हुन औषधि उत्पादन गर्ने यो नेपालमै पहिलो कम्पनि हुने छ।, यो खबर आजको नागरिकमा छ ।