विदेशमा प्रतिबन्धित औषधि नेपालमा उत्पादन र बिक्री | ईमाउण्टेन समाचार

Our Network

भदौ २२ २०८३, मंगलबार

विदेशमा प्रतिबन्धित औषधि नेपालमा उत्पादन र बिक्री

aausadhi

काठमाडौं, ३० पुस । उच्च रक्तचापका रोगीले सेवन गर्ने भल्सार्टनयुक्त ट्याबलेटलाई धेरै मुलुकमा प्रतिबन्ध लगाइएको छ। तर नेपाली बजारमा अहिले पनि उत्पादन र बिक्री भइरहेको छ।

भल्सार्टनयुक्त औषधिको अशुद्धताबारे सरकारी निकायले अनविज्ञता देखाएको छ। औषधि व्यवस्था विभागसँग यस्ता किसिमका औषधिको खराब पक्षबारे कुनै जानकारी छैन र अनुसन्धान गर्न पहल पनि भएको छैन्।

खाद्य तथा औषधि व्यवस्थापन (एफडिए) अमेरिकाले भल्सार्टनयुक्त केही ट्याबलेटलाई क्यान्सरको कारक हुनसक्ने भन्दै वर्गीकरण गरेको छ।

भल्सार्टनमा हुने एन–निट्रोसोडिथिलामिन रसायनले मानव स्वास्थ्यमा क्यान्सर रोग लाग्न सक्ने विज्ञ बताउँछन्। ‘भल्सार्टनका केही ट्याबलेट अहिले पनि हाम्रो बजारमा उपलब्ध छन्,’ विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले भने। ‘यी औषधि अन्य मुलुकमा प्रतिबन्धित छन् भन्ने कुरा हामीलाई जानकारी छैन,’ उनले भने।

ताजा समाचार