माग घटेपछि औषधि उत्पादन ६० प्रतिशतले कटौती | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

माग घटेपछि औषधि उत्पादन ६० प्रतिशतले कटौती

काठमाडौं, १० असोज । बजारमा औषधिको मागमा कमी आएपछि औषधि उत्पादक कम्पनीहरूले उत्पादनमा कटौती गरेका छन् । कोरोना संक्रमण बढ्दै गएपछि सरकारले गरेको बन्दाबन्दी यता बढी आवश्यक पर्ने दीर्घरोग र प्यारासिटामोल, हाइड्रोक्लोरोक्विन बाहेक अन्य औषधिको माग घटेसँगै पछि उत्पादनमा कटौती गरेका हुन् ।

औषधिको मागमा कमी आएपछि अहिले उद्योगीहरूले ६० प्रतिशत उत्पादन घटाएको नेपाल औषधि उत्पादक संघका अध्यक्ष नारायणबहादुर क्षेत्रीले बताउनुभयो ।

‘कोरोना महामारी शुरू हुँदा भारत र चीनले कच्चा पदार्थको निर्यातमा कडाइ गरेका थिए । औषधिजन्य कच्चा पदार्थको मूल्य बढाएको र कच्चा पदार्थ आयात गर्दा भन्सार कर नलाग्ने भनिए पनि भन्सार कर उठाएका कारण उत्पादन कटौती गर्न बाध्य भएका हौं’ अध्यक्ष क्षेत्रले भन्नुभयो ।

क्षेत्रीका अनुशार चैत यता आपूर्ति राम्रो भए पनि बजारमा औषधिको माग नै नहुँदा व्यवसायीहरु कोभिड १९ पहिलेको अवस्थामा फर्किन समय लाग्ने बताउँछन् । कोभिड १९ पश्चात अस्पतालहरूमा कोरोना बिरामीका चाप बढ्दै गएकाले मानिसमा मनोवैज्ञानिक त्रास फैलिएको र अत्यावश्यक अवस्थामा मात्र बिरामीहरू अस्पताल पुग्ने गरेका कारण मागमा कमि आएको छ ।

अहिले बजारमा छाला, दुखाई लगायत छोटो समयमा देखिने रोगका औषधिको माग न्यून छ । क्यान्सर, क्षयरोग, मधुमेहजस्ता दीर्घरोगको माग सामान्य रहेकामा पछिल्लो समय मनोरोगसम्बन्धी औषधिको माग भने ह्वात्तै बढेको संघको भनाई छ ।

यसबाट यो प्रष्ट हुन्छ कि कोरोना भाइरस संक्रमणका कारण मानिसको मृत्यु भन्दा मनोरोगीको सँख्या बढेको छ । यहि अवस्था रहे आगामी दिनमा मुलुकमा मानोरोगीकोहरू बढेर भयाभव स्थिति आउन सक्ने तर्फ सचेत हनुपर्ने अध्यक्ष क्षेत्रीको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);