पतिको हत्या गर्न पाँच खेताला | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

पतिको हत्या गर्न पाँच खेताला

hatya-murder

बर्दिबास, ७ भदौ । महोत्तरी बर्दिबास–३ गौरीडाँडाका सरोज भनिने श्रवण थापा असार ३१ गते मृत भेटिए । उनको शव बीपी राजमार्गअन्तर्गत बर्दिबासस्थित स्मृति पार्कनजिकै फेला परेको थियो । घटनाको एक महिनापछि सरोजको हत्या भएको खुलेको छ । पत्नी पूजाले भाडाका पाँच अपराधी प्रयोग गरी हत्या गराएकोे पाइएको महोत्तरीका एसपी श्यामकृष्ण अधिकारीले बताए ।

प्रहरीले चार अभियुक्तलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । एक जना फरार छन् । सर्लाही धनकौल गाउँपालिका–३ हरकटवाका २७ वर्षीय प्रमोद सिंह, वडा नम्बर २ का २७ वर्षीय मुकेश साह, रौतहट गढीमाई नगरपालिका–६ बखरीटोलका ३३ वर्षीय जिल्ला भनिने श्रीनारायण महरा र ४६ वर्षीय टीआई सहनीलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी बर्दिबासका डीएसपी निशान थापाले बताए । प्रहरीले घटना अनुसन्धानका क्रममा ६० जानसँग सोधपुछ गरेको थियो ।

सरोजका काका टंकविक्रमले पत्नी पूजा, सासू लक्ष्मी बस्नेत, साली र अन्य गरी १२ जनाविरुद्ध किटानी जाहेरी दिएका छन् । पूजा, लक्ष्मीलगायत फरार छन् । केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश प्रहरी, जिल्ला प्रहरी, इलाका प्रहरी बर्दिबाससहितको प्रहरी टोलीले एक महिना लगाएर घटनाको सत्यतथ्य बाहिर ल्याएको हो ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);