रानीपोखरीबीचको मन्दिर भत्काउन सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

रानीपोखरीबीचको मन्दिर भत्काउन सुरु

ranipokhari

काठमाडौं, ७ भदौ । नीपोखरीबीचको मन्दिर जगैदेखि पुनर्निर्माण गरिने भएको छ । गुम्बज शैलीको मन्दिर बन्दै गरेकोमा विज्ञहरूको सुझाव अनुसार त्यसलाई जगैदेखि भत्काई ग्रन्थकुट शैलीमा बनाउन थालिएको हो । प्रताप मल्लको पालामा ग्रन्थकुट शैलीमा निर्माण भएको तथ्य पछि भेटिएको थियो ।

सम्पदा संरक्षण अभियन्ताको दबाबपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले प्रताप मल्लकै पालाको ग्रन्थकुट शैलीमा निर्माण गर्न लागेको हो ।

मन्दिर निर्माणको जिम्मा सीए/तुलसी कन्स्ट्रक्सनले पाएको छ । मन्दिर पुनर्निर्माणको काम सुरु भइसकेको छ । पहिला यहाँ राखिएका कंक्रिटको बिम भत्काउने, रड निकाल्ने काम सुरु भएको छ । ‘पहिला राखिएका कंक्रिट हटाएर चुनासुर्कीबाट मन्दिर पुनर्निर्माण गर्छौं,’ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सम्पदा विज्ञ राजु मानन्धरले भने ।

यहाँ प्रयोग गर्न रानीपोखरी भित्रै सुर्की बनाउनेका काम भइरहेको छ । यसका लागि कामदार खटिएका छन् । सुर्की इँटाको धूलोबाट बनाइन्छ । प्राचीन निर्माण प्रविधिमा चुना, सुर्की, बालुवाजस्ता सामग्री प्रयोग हुन्छन् । रानीपोखरीमै प्रयोग भएको इँटा फुटाएर सुर्की बनाउन लागिएको हो । तुलसी कन्स्ट्रक्नका साइट इन्जिनियर सनम श्रेष्ठका अनुसार मन्दिर पुनर्निर्माणमा ३५ श्रमिक खटिएका छन् ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);