पश्चिम क्षेत्रको प्रख्यात धार्मिक तीर्थस्थल श्री पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धामको पुनर्निर्माण सुरु | ईमाउण्टेन समाचार

Our Network

असार ९ २०८३, बुधवार

पश्चिम क्षेत्रको प्रख्यात धार्मिक तीर्थस्थल श्री पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धामको पुनर्निर्माण सुरु

बुटवल । पश्चिम क्षेत्रको प्रख्यात धार्मिक तीर्थस्थल श्री पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धामको पुनर्निर्माण सुरु भएको छ । रूपन्देहीको सैनामैनामा रहेको धामलाई लुम्बिनी प्रदेशकै प्रमुख धार्मिक पर्यटकीयस्थल बनाउने लक्ष्यसहित पुनर्निर्माण थालिएको हो ।

संघिय सरकार को ७० प्रतिशत तथा स्थानीय सरकार को ३० प्रतिशत को बजेटमा मुल मन्दिर को पूननिर्माण कोकाम थालेको धाम का उपाध्यक्ष तम बहादुर पुर्जा ले बताए ।

धामलाई कलात्मक सहित गुरुयोजनाअनुरुप पुनर्निर्माण कार्य दुई वर्षभित्रमा सक्ने गरी बनाइने धाम कार्य समिति का अध्यक्ष रामबली चौधरी ले बताए  । बोलबम धामको धार्मिक महत्व त छँदैछ,’ उनले भने, ‘कलात्मक निर्माणले थप पर्यटक आकर्षित गर्न र पर्यटन व्यवसाय बढाउन मद्दत पुग्नेछ ।

गुरुयोजना अनुसार धामको मूल मन्दिर प्यागोडा शैलीमा बनाइनेछ । अग्निशाला र दक्षिणको सहायक प्रवेशद्वारलाई प्राचीन कलामा उतारिनेछ । मन्दिरको तल्लो तलामा २८ वटा र माथिल्लो तलामा २० वटा कलात्मक काठका टुँडाल बनाइनेछ ।

करिब पाँच सय किलोको मूल घण्ट, ५१ फिट अग्लो धातुको खम्बा बनाई त्रिशूल र डमरु राखिनेछ । मन्दिरमा साढे ५ फिटको मूल गजुर रहनेछ । उक्त संरचना बनाउन ६ करोड ५७ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको महासचिव प्रेम भुषालले बताए ।

बोलवम धाममा धार्मिक पर्यटक भित्र्याउन सरोकार वाला ले ध्यान दिनुपर्ने स्थानीय बासिन्दा मुक्तिराम मुराव बताए ।

Leave a Reply

ताजा समाचार