अछामको वैद्यनाथ क्षेत्रको गुरु योजना निर्माण हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अछामको वैद्यनाथ क्षेत्रको गुरु योजना निर्माण हुँदै

अछाम । नेपालका चारधाममध्येको एकधाम वैद्यनाथ धामको गुरु योजना निर्माण गर्न थालिएको छ । साँफेबगर नगरपालिकाले गुरु योजना निर्माण गर्ने थालेको हो । यसका लागि अहिले विज्ञ टोलीले प्रारम्भिक अध्ययन सुरु गरेको छ । वैद्यनाथ क्षेत्र विकास संस्थाले आयोजना गरेको वैद्यनाथको गुरु योजना निर्माणसम्बन्धी छलफल कार्यक्रममा यस्तो जानकारी दिएको हो ।

विज्ञ टोलीले वैद्यनाथ क्षेत्रको नदीको जलाधार क्षेत्रको जलाधार विकास, सभागृह, पिरघर, वृदाश्रम, किरिया पुत्रीघर, घुम्ती सडक, पूजापाठको लागि टहरा, धर्मशाला, पर्यटकको लागि आवास, जग्गाको संरक्षण लगायतका पूर्वाधार विकासको लागि गुरु योजना तयार गर्ने परामर्श दाता इन्जिनियर दानबहादुर रावलले जानकारी दिए ।

साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवरले वैद्यनाथ क्षेत्रको धार्मिक तथा ऐतिहासिक महत्वलाई उजागर गर्नको लागि गुरुयोजना निर्माण गर्न लागिएको बताए । उनले वैद्यनाथ क्षेत्रमा वुढीगंगा नदीले गर्दै आएको कटान नियन्त्रण तथा भौतिक पूर्वाधारको निर्माण गरेर वैद्यनाथ क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउनको लागि पहल सुरु भएको बताए । 

यहाँका महत्वपूर्ण र अति रमणीय धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलहरूलाई चिनाउनको लागि गुरुयोजना निर्माण गर्ने लागिएको वैद्यनाथ क्षेत्र विकास संस्थाका अध्यक्ष नृपबहादुर कुँवर नेत्रले जानकारी दिए । 

नेपालका चार धाममध्येको एकधाम वैद्यनाथ क्षेत्रको धार्मिक तथा ऐतिहासिक महत्वलाई उजागर गर्नको लागि गुरु योजना निर्माण गर्न लागिएको वैद्यनाथ क्षेत्र विकास संस्थाका सदस्य सचिव देवराज उपाध्यायले जानकारी दिए । 

उनले वैद्यनाथको धार्मिक तथा ऐतिहासिक महत्वलाई उजागर गर्नको लागि गुरुयोजना निर्माण गर्न आवश्यक रहेको बताए । यस्तै कोरोना भाइरसका कारण स्थगित हुँदै आएको माघे संक्रान्ति पर्व यस वर्ष मनाउने निर्णय पनि गरेको छ । 

वैद्यनाथ संग्रालयको अधुरो भवन निर्माणको लागि २५ लाख रकम विनियोजित गरिएको छ । यस्तै बैठकले वैद्यनाथ क्षेत्रमा सावर्जनिक शौचालय निर्माण, झारखण्ड वैद्यनाथ पुस्तक प्रकाशन, वैद्यनाथ क्षेत्रको डकुमेन्ट निर्माण, पुष्पखेती प्रवद्र्धन र पर्यटकहरूका लागि गार्ड तालिमको आयोजना गर्ने निर्णय भएको वैद्यनाथ धाम पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक भरत कुँवरले जानकारी दिए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);