विमानस्थल निर्माणका लागि गुरु योजना तयार पार्न परामर्शदाता नियुक्त गर्ने तयारी | ईमाउण्टेन समाचार

Our Network

माघ १८ २०७९, बुधवार

विमानस्थल निर्माणका लागि गुरु योजना तयार पार्न परामर्शदाता नियुक्त गर्ने तयारी

nigghad

काठमाडौं, १६ पुस । सरकारले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि गुरु योजना तयार पार्न परामर्शदाता नियुक्त गर्ने तयारी गरेको छ ।

नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक संजीव गौतमले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि गुरु योजना तयार पार्न एक महिना भित्र परामर्शदाता नियुक्त गर्ने निर्णय गरिएको जानकारी दिए ।

प्राधिकरणको २० औं वार्षिकोत्सवको अवसरमा सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विमानस्थल क्षेत्रको रुख कटानसम्बन्धि कार्यका लागि नेपाली सेनालाई जिम्मेवारी दिने सम्झौता पनि भईसकेको बताए।

प्राधिकरणले निर्माणाधिन राष्ट्रिय गौरवका आयोजनाहरु गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तोकिएको समयभन्दा अघि नै निर्माण कार्य सम्पन्न गर्ने दावी पनि गरेको छ ।

महानिर्देशक गौतमले चन्द्रगढी र जनकपुरमा रात्रीकालीन उडान संचालनका लागि आवश्यक तयारी भईरहेको जानकारी दिए । नेपालमा हाल ५० वटा विमानस्थल छन् । ती मध्ये ३२ वटा विमानस्थलहरुमा नियमित उडान भईरहेको पनि प्राधिकरणका महानिर्देशक गौतमले बताए ।