परोहा परमेश्वर शिव ज्योतिर्लिङ बोलबम धाममा यो वर्ष पनि श्रावणी मेला हुने | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

परोहा परमेश्वर शिव ज्योतिर्लिङ बोलबम धाममा यो वर्ष पनि श्रावणी मेला हुने

रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिका १ मा रहेको परोहा परमेश्वर शिव ज्योतिर्लिङ बोलबम धाममा यो वर्ष पनि श्रावणी मेला तथा जलार्पण यात्रा विषेश अनुष्ठान कार्यक्रम हुने भएको छ ।

धामले बिहीवार धाममा पत्रकार सम्मेलन गर्दै यसको बारेमा जानकारी गराईएको हो। धामका अध्यक्ष रामबली चौधरीले १९ वर्ष पछि अधिकमास (मलमास) साउन महिनामा परेको भएपनी असार १८ देखि भाद्र १४ गते सम्म कार्यक्रम राखिएको जानकारी दिए।पत्रकार सम्मेलनमा बोल्दै उनले यात्रा ब्यवस्थापन समिती गठन गरेको बताउदै विभिन्न तिर्थस्थलमा पुर्याउने र ल्याउने ब्यवस्थापन गरिएको बताए ।
धाममा आउने भक्तजन आउदा प्रयोग गरेका सवारी साधनको पार्किङको ब्यवस्थापन समेत गर्दै आएको बताए।कार्यक्रम सफल बनाउन विभिन्न समिती/उपसमितिहरु गठन गरिएको बताए । धामका महासचिव प्रेमलाल भुसालले पुनः निर्माणधिन बोलबम मूल मन्दीरको निर्माणकार्य लगभग सम्प्पन हुन लागेको र अब को एक दुई महिना भित्र पूर्ण रूपले सम्पपन हुने जानकारी दिए ।

यात्रा ब्यवस्थापन समितीका संयोजक शालिकराम भन्डारीले बोलबमको यात्रा २०८० मा असार १८ देखि भाद्र १४ गते सम्म यात्रा तय गरेको जानकारी दिए। गुरु पुर्णिामाबाट २५० तिर्थयात्रीले धामबाट यात्रा शुरु गरेको बताए बताउदै यो अवधिमा दैनिक हजारौको संख्यामा पैदल यात्री बोलबम आउने बताए।उनले असार १८ गते लक्ष्मण घाटको यात्रा सम्पन्न गरी सकेको र असार ३० गते सैनामैना कालिरह, साउन ११ देखि १४ गते मा नवलपरासीको त्रीवेणी धाम देखि बोलबम धाम सम्म रथ शोभा यात्रा तथा पैदल यात्रा , साउन २६ र २७ गते सवारी साधन बात रिडी रुरु क्षेत्र, यस्तै गरि सवारी साधन बाटैभाद्र ८ गते गइ ९ गते हुने छ ।

तनहुको देबघाटबाट गंगा जल ल्याएर बोलबम धाम मा जलार्पण गराउने योजना रहेको बताए।उनले ५०१ सदस्यीय मुल जलार्पण कार्यक्रम समिती निर्माण गरेको बताउदै समिती उपसमिती बनेको बताए । बोलबम धाम का सलाहकार आचार्य विष्णु प्रसाद ज्ञवालीले मलमास भएपनी बोलबममा जलार्पण हुने बताए। उनले अन्य विभिन्न कामहरुमा रोक लगाएको बताउदै परंरागत ब्रत, जप, पुजा, यात्रालाई निरन्तर राख्न मिल्ने भएकोले बोलबममा यात्रा र जलार्पण हुने बताए।

शास्त्रीय बचनलाई आधार मानेर कार्यक्रम गर्न लागिएको बताए।उनले घरमा रुद्राभिषेक गर्न नमिल्ने भएकोले स्वयम उत्पतिमान् शिव ज्योतिर्लिङ्ग बोलबम धाममा आई गरे अझै पवित्र कार्य हुने भएकोले निसन्कोच आउन आग्रह गर्नु भयो।।राष्ट्रिय पञ्चाङ निर्णायक समितीले जारी गरेको मापदण्ड अनुसार बोलबम धाम को आयोजना मा यही श्रावण २ गते देखि ३१ गते सम्म शीवार्चन,हरिहर कथा, पुरुषोत्तम पुराण, रुद्राभिशेकसँगै जलार्पण कार्यक्रमलाई निरन्तरता दिइएको बताउनु भयो।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);