चलचित्र बगानपछि उपसभामुख र कलाकारः समाज परिवर्तन महिलाबाट मात्रै सम्भव छैन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

चलचित्र बगानपछि उपसभामुख र कलाकारः समाज परिवर्तन महिलाबाट मात्रै सम्भव छैन

काठमाडौं । उपसभामुख इन्दिरा रानाले समाज परिवर्तनका लागि महिला एक्लैले नसक्ने बताउनुभएको छ ।

बुधवार काठमाडौंमा चलचित्र बगानको प्रिमियर शोपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पुरुषहरुले श्रीमान बितेका महिलाहरु, सम्बन्ध बिच्छेद भएका महिलाहरुलाई अरु महिलाहरु जत्तिकै सम्मानित हुन्छन् भन्न नसोचेसम्म समाज परिवर्तन गर्न नसकिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पछाडि बसेर फिल्म हेर्ने भाइहरु हाँसिरहनुभएको थियो । मैले जिस्केर के भने भने यो भाइहरुले धेरै सिंगल मदरहरुको विवाह गर्नुहुन्छ भने । यहाँबाट मलाई पुग्छ जस्तो लाग्छ । जबसम्म पुरुषले शुरुवात गर्दैन, जबसम्म छोराहरुले शुरुवात गर्दैन, यो समाज परिवर्तन महिलले मात्रै गर्न सक्दैनन् । महिलाले मात्रै समाजलाई परिवर्तन गर्नसक्छौँ, भन्नेकुरा सम्भव छैन । पुरुषहरुले श्रीमान बितेका महिलाहरु, सम्बन्ध बिच्छेद भएका महिलाहरु, त्यस्ता महिला पनि अरु महिलाहरु जत्तिकै सम्मानित हुन्छ भन्नेकुरा जबसम्म पुरुषले सोच्दैन, तबसम्म समाज परिवर्तन हुँदैन ।’

प्रिमियर शोपछि बोल्दै गायिका सुनिता दुलालले समाजको कथावस्तु फिल्ममा देखाइएको बताउनु भयो । उहाँले चलचित्र समाज परिवर्तनको मुख्या वाहक बन्नेमा विश्वस्त रहेको बताउनु भयो । अभिनेता रमेश उप्रेतीले चलचित्रले समाज परिवर्तनको भुमिका निभाउने बताउनु भयो । त्यस्तै अभिनेत्री दीपाश्री निरौलाले चलचित्र बगान आफैँमा क्रान्तिको माध्यम भएको बतउनु भयो । अभिनेत्री करिष्मा मानन्धरले फिल्म बगानका केही दृश्यहरुमा आफ्नो आत्मसन्तुष्टि मिलेको बताउनु भयो । त्यस्तै वरिष्ठ अभिनेता सरोज खनालले आफूलाई निर्देशक भन्दापनि लेखकमा राम्रो पाएको बताउनु भयो ।

यस चलचित्रमा सरोज खनाल, करिश्मा मानन्धर, प्रमिला कार्की, आकाश श्रेष्ठ, नीर शाह, वसुन्धरा भुषाल र मिथिला शर्मा लगायतको अभिनय रहेको छ । स्वप्निल नीरवको कथामा आधारित रहि बनेको यो चलचित्रबाट अभिनेता खनालले निर्देशनमा र अभिनेत्री कार्कीले अभिनयमा डेब्यु गरेका हुन् । नेपाली वेबसाइट डटकमको प्रश्तुती रहेको ‘बगान’का निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन् ।

यो चलचित्र नेपाल र अमेरिकासहित नेपालीको बसोवास रहने विभिन्न देशहरुमा प्रदर्शन गर्ने योजनामा निर्माण टिम छ । यस चलचित्रको वितरण रिच इन्टरटेन्मेण्ट र डिसिएनले काठमाडौं उपत्यका र बाहिर एफडी कम्पनीले गर्दैछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);