सरकारले मानव विकास सूचकांकमा पछाडी परेका समुदायलाई अगाडी बढाउन प्रयास गर्छः मन्त्री आचार्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

सरकारले मानव विकास सूचकांकमा पछाडी परेका समुदायलाई अगाडी बढाउन प्रयास गर्छः मन्त्री आचार्य

काठमाडौं,२० पुस । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले सरकारले मानव विकास सूचकांकमा पछाडी परेका समुदायलाई अगाडी बढाउन प्रयास गर्ने बताउनुभएको छ ।

बिहीवार मुस्लिम आयोगले आयोजना गरेको मुस्लिम महिलाको उत्थान एवं विकासमा आयोगको भुमिका विषयक अन्तरक्रियामा बोल्दै मन्त्री आचार्यले मानव विकास सूचकांकमा पछि परेका जातजाति र समुदायलाई अगाडी बढाउन सरकारको प्रयास रहने बताउनुभएको हो । उहाँले तल परेका वर्ग र समुदायको उत्थानले देशको विकासमा ठूलो टेवा पु¥याउने बताउनु भयो । उहाँले मुस्लिम महिलाहरुमा शिक्षाको कमी रहेको उल्लेख गर्दै समाज परिवर्तन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले मुस्लिम समुदायको उत्थानका लागि सरकारले गर्नुपर्ने कामहरुको सुझाव माग्दै सुझाव अनुसारको काम सरकारले गर्ने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘खासगरी मुस्लिम महिलाहरुमा चेतनाको कमी छ । हामी राजनीतिमा महिलाको ३३ प्रतिशत सहभागिताका कुरा गर्छौं । तर हामी गाउँघरमा हिँड्दा खोजेर पनि नेतृत्वमा पुर्याउन चाहँदा पनि भेट्टाउन सक्दैनौँ । यसको कारण हो शिक्षाको कमी । उहाँहरु बाहिर आइदिनु हुन्न । हामी मञ्चमा भाषण त गर्छौं, हामी अवसर पनि दिन चाहन्छौँ । तर बाध्यता के भने आफ्नै परम्पराले जकडिएको समाज । अगाडी आउन नसक्ने कारणले पनि यो समस्या भएको छ । बिस्तारै केही मुस्लिम महिलाहरु राजनीतिमा पनि अगाडी आउनुभएको छ । धेरै महिलाहरु विभेदमा परेको अवस्था पनि छ । तर हिजोको दिनभन्दा आज चेतनामा पनि विकास भएको कारणले अब बिस्तारै परिवर्तन पक्कै आउला । मुस्लिम आयोगले यस विषयमा आफ्ना आवाजहरु पक्कै उठाउनुहुनेछ । आउने साह्रौँ योजनामा ति समस्या समाधान गर्नका निमित्त आयोगका पदाधिकारीले महत्वपूर्ण सल्लाह, सुझावहरु दिनुहुनेछ । र त्यसलाई सरकार, राज्यले पनि महत्वका साथ त्यसलाई ग्रहण गर्नुपर्छ । त्यो ठाउँमा म आफैँ पनि भएको कारणले मैले पनि त्यसलाई विशेष किसिमले महत्व दिएर अगाडी बढाउने प्रयास अवश्य पनि गर्नेछु । हामी एउटै देशमा बस्ने हाम्रा धर्म, आस्था, विचारहरु छुट्टाछुट्टै होलान् तर हामी यस देशका नागरिक हौँ । हामी सबैसँग भाइचाराको सम्बन्ध राख्दै यो देशको उत्थान र यसका विकासका निमित्त मानव सूचकांकमा पछाडी परेका समुदाय, जातजातिलाई पनि त्यसै अनुरुप अगाडी बढाउनका निमित्त पनि हाम्रो पहल, प्रयास रहने नै छ । आगामी दिनहरुमा हामीले बिना भेदभाव तल परेको वर्ग समुदायलाई उत्थान ग¥यो भने पक्कै पनि त्यसले राजनीति लगायत देश बिकासमा ठूलो टेवा पु¥याउँछ ।’

उहाँले नेपाल गरिव देश नभएको बताउनु भयो । नेपाल गरिव नभएर नेपालीहरुको मानसिकता मात्रै गरिव भएको उहाँको भनाई छ ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);