महिलालाई मुख्य पदमा लैजान अझै कठिनाइ छः सभामुख घिमिरे | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

महिलालाई मुख्य पदमा लैजान अझै कठिनाइ छः सभामुख घिमिरे

काठमाडौं, २३ फागुन । सभामुख देवराज घिमिरेले कानूनी व्यवस्थाअनुसार महिलालाई मुख्य पदमा लैजान अझै व्यवहारिक कठिनाइ रहेको बताउनुभएको छ । मंगलवार ११३औं अन्तर्राष्ट्रिय श्रमीक महिला दिवसको अवसरमा सामुदायिक वन उपभोक्ता महासंघ नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण आज ठूलो संख्यामा महिला प्रतिनिधिहरु नियम कानून बनाउने तहसम्म प्रतिनिधित्व गरिरहेको भएपनि अझैपनि मुख्य पदमा महिला र पुरुषलाई कानूनी व्यवस्थाअनुसार कार्यान्वयन हुन भने कठिनाइ देखिएको बताउनु भयो । सभामुख घिमिरेले अझै आवश्यक मात्रामा मुख्य पदहरुमा ३३ प्रतिशतको महिलाको संख्या र गुण पु¥याउन नसकेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘जुन किसिमको महिलाको नेतृत्वमा महिला समानताको लागि न्युनतम पनि मताधिकारको कुरा प्राप्त गर्ने काम भयो । मताधिकारबाट अघि बढ्ने कुरामा नेपालमा महिलाले राजनीतिक उपलब्धि हासिल गर्नुभएको छ । त्यसमा पनि सामुदायिक वनमा रहेर तपाईहरुबाटै बनेको विधिविधान वा ऐनले ५० प्रतिशत मुख्य पदहरुमा पनि एक जना महिला हुनैपर्ने गरी बनाएको कुराको अनुभवलाई राष्ट्रले स्वीकार गर्नुपर्ने परिस्थिति आयो । अहिलेको हाम्रो व्यवहारमा हामी मुख्य पदमा महिला र पुरुषलाई कानूनी व्यवस्था नै गरेर मात्रै प्रयोग गर्दा त्यसलाई ठिक ढंगबाट प्रयोग गर्ने व्यवहारिक कठिनाइ दखापरेका छन् । ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने संवैधानिक व्यवस्थाको कारणले गर्दा आज ठूलो संख्यामा महिला प्रतिनिधिहरु नियम कानून बनाउने तहसम्म प्रतिनिधित्व गर्नुभएको छ । तथापि अझै आवश्यक मात्रामा ३३ प्रतिशतको संख्या र गुण पु¥याउन नसकेको परिस्थितिलाई उदाहणरुको रुपमा फेकोफनले काम गरिरहेको छ ।’

सभामुख घिमिरेले आर्थिक उन्नतिको लागि प्राकृतिक श्रोत, त्यसमा पनि वनको दिगो व्यवस्थापनका बारेमा सोच्न जरुरी रहेको बताउनु भयो । उहाँले प्राकृतिक श्रोतलाई संरक्षण र संवद्र्धन गर्दै समाज उपयोगी ढंगबाट आर्थिक उपार्जनको क्षेत्रमा कसरी सदुपयोग गर्ने भन्नेकुरालाई विशेष जोड दिन आग्रह गर्नुभयो । उहाँले वनलाई समाप्त गर्ने खालका घटनाहरु विभिन्न स्थानमा भइरहेको उल्लेख गर्दै वनको संरक्षणसँग बाझिएका ऐनहरु, ऐनको अभावमा नभएका पक्षहरु, ऐन बनाउनुपर्ने कारण र ऐनले भनेका कुरा व्यवहारमा कसरी लागू गर्ने भन्ने बारेमा सोच्न जरुरी रहेको बताउनु भयो । सभामुख घिमिरेले वातावरणमा आइरहेको प्रतिकुल परिवर्तनलाई कसरी न्युनिकरण गर्नसकिन्छ भन्ने बारेमा पनि सरोकारवाला निकायहरुले ध्यान दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अब हाम्रो आर्थिक उन्नतिको लागि प्राकृतिक श्रोत, त्यसमा पनि वनको दिगो व्यवस्थापन कसरी गर्ने र यो श्रोतलाई संरक्षण र संवद्र्धन गर्दै समाज उपयोगी ढंगबाट आर्थिक उपार्जनको क्षेत्रमा कसरी सदुपयोग गर्ने भन्ने राम्रो उदाहरण नेपालले प्रश्तुत गरेको छ । वनलाई समाप्त गर्ने खालका घटनाहरु विभिन्न स्थानमा भएका छन् । वनको संरक्षणसँग बाझिएका ऐनहरु, ऐनको अभावमा नभएका पक्षहरु, ऐन बनाउनुपर्ने कारण र ऐनले भनेका कुरा व्यवहारमा कसरी लागू गर्ने भन्ने बारेमा सोच्नुपर्छ । वातावरणमा आइरहेको प्रतिकुल परिवर्तनलाई कसरी न्युनिकरण गर्नसकिन्छ ?, नियन्त्रण गर्न सकिन्छ भन्ने बारेमा सोच्न जरुरी छ ।’
त्यस्तै सामुदायिक वन उपभोक्ता महासंघ नेपालकी अध्यक्ष भारती पाठकले क्रमिक रुपमा हरेक क्षेत्रमा महिला सहभागिता बढ्दै गएपनि पर्याप्त हुन नसकेको बताउनु भयो । उहाँले आर्थिक रुपमा अझै पनि महिलालाई सशक्त बनाउन नसकिएको भन्दै महिलाहरुलाई सुरक्षित बनाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘राजनीतिक हिसावले हामीले परिवर्तन ल्यायौँ । अहिले पनि स्थानीय सरकारमा महिला नेतृत्वको कुरा गर्दा हामी भन्छौँ घमण्ड गरेको होइन, सामुदायिक वनको सिकाइ राजनीतिक दल र सरकार निर्माणको क्रममा, संविधान निर्माणको क्रममा गरेको व्यवस्था हो । आज प्रमुख र उपप्रमुखमध्ये एक जना महिला हुनुपर्ने व्यवस्था संविधानमा व्यवस्था भएर आएको हो । प्रदेश र प्रतिनिधि सभामा पनि ३३ प्रतिशत महिला छन् , क्रमिक रुपमा परिवर्तन छ, तर भनेको र चाहेको जस्तो भएको छैन, आर्थिक रुपमा अझै पनि महिलालाई सशक्त बनाउन सकिएको छैन । महिलाहरु अहिले पनि सुरक्षित हुनु हुँदैन । कार्यस्थल वा अन्य कुनैपनि ठाउँमा जाँदा महिलाले आफूलाई सुरक्षित महशुस गर्न सकेका छैनन् । जबसम्म प्राकृतिक श्रोत जोगाउने स्थानीय जनताको प्रमुख भुमिका हुँदैन, उनीहरु प्राकृतिक श्रोतका मालिक हुन् भनेर जबसम्म स्वीकार्न सकिँदैन, तबसम्म प्राकृतिक श्रोतको संरक्षण हुँदैन ।’

उहाँले प्राकृतिक श्रोत जोगाउने स्थानीय जनताको प्रमुख भुमिका नहुन्जेल र स्थानीयलाई प्राकृतिक श्रोतका मालिकका रुपमा अस्वीकार गरुन्जेलसम्म प्राकृतिक श्रोतको संरक्षण नहुने जिकिर गर्नुभयो । मंगलवार ११३ औं अन्तर्राष्ट्रिय श्रमीक महिला दिवसको अवसरमा सामुदायिक वन उपभोक्ता महासंघ नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रम सामुदायिक वन उपभोक्ता महासंघमा रहेर विभिन्न कालखण्डमा काम गर्नुभएका र प्रदेश तथा प्रतिनिधि सभामा निर्वाचित सांसदहरुलाई सम्मान गरिएको थियो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);