समाजका हरेक गतिविधिमा महिला सहभागिता अनिवार्यः प्रधानमन्त्री दाहाल | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

समाजका हरेक गतिविधिमा महिला सहभागिता अनिवार्यः प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले समाजका हरेक गतिविधिहरुमा महिलाको सहभागिता अनिवार्य रहेको बताउनुभएको छ ।

शनिवारबाट काठमाडौंमा शुरु भएको ‘अन्तर्राष्ट्रिय महिला नेतृत्व शिखर सम्मेलन–२३’ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रधनमन्त्री दाहालले राजनीतिक क्षेत्रमा मात्र नभइ समाजका हरेक गतिविधिमा महिला सहभागिता पहिलो प्राथमिकता राख्नुपर्ने बताउनु भयो । उहाँले महिलालाई प्राथमिकतामा राखेर मात्रै समतामुलक समाज निर्माणतर्फ देशलाई लैजान सकिने बताउनु भयो । उहाँले समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक रहेको रहेको र लैङ्गिक समानताको विषयलाई नेपालले अभ्यास गर्दै गइरहेको पनि बताउनु भयो । उहाँले संविधानले नै सरकारका विभिन्न निकायमा निश्चित प्रतिशत महिला सहभागिता अनिवार्य गरेको उल्लेख गर्दै महिलाको सशक्तिकरणका लागि पर्याप्त बजेट र स्रोत विनियोजन गरेको दाबी गर्नुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘संविधानले संसदमा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य गरेको छ । अहिले स्थानीय तहमा ४१ प्रतिशतभन्दा बढी महिला छन् । अरू देशको तुलनामा महिलाको यो राजनीतिक सहभागिता बढी हो, शिक्षा, स्वास्थ्य, वातावरण, सामाजिक सेवालगायत हरेक क्षेत्रमा महिला सहभागिता हुँदा समतामुलक समाज निर्माण गर्न सकिन्छ । महिलालाई राजनीतिक नेतृत्वमा सहभागी गराई नीति निर्माण तहमा पनि समान प्रतिनिधित्व आवश्यक देखिएको छ ।’

प्रधानमन्त्री दाहालले महिलामा सिर्जनात्मक क्षमता धेरै रहने भन्दै आर्थिक क्षेत्र र उद्यमशीलता विकासमा पनि महिलाको सहभागिता वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);