हरेक क्षेत्रमा महिलाको समान सहभागिता आवश्यक : उपप्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

हरेक क्षेत्रमा महिलाको समान सहभागिता आवश्यक : उपप्रधानमन्त्री

ललितपुर, १७ बैशाख । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले विकासको लागि हरेक क्षेत्रमा महिलाको समान सहभागिता आवश्यक भएको बताउनु भएको छ । मन्त्री पोखरेलले देशको समग्र विकासका लागि हरेक क्षेत्रमा समान महिला सहभागिता आवश्यक रहेको बताउनु भयो ।

ललितपुरमा आयोजित पुरुष मात्र हुने मञ्च बहिस्कार सम्बन्धी कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री पोखरेलले, हरेक क्षेत्रमा समान महिला सहभागिताको लागि हुने यस्ता खालका रचनात्मक जनदवाव जरुरी रहेको बताउनु भयो ।

कार्यक्रममा महिला अधिकारको क्षेत्रमा क्रियाशील अधिकारकर्मीहरुले राजनीतिमा महिला सहभागिता बढाउने गरी बनेको संविधानको उच्च प्रशंसा गर्दै त्यसको सबै क्षेत्रमा कार्यान्वयन हुनुपर्नेमा जोड दिनु भयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);