न्याय क्षेत्रमा महिलाहरुको प्रतिनिधित्व अपरिहार्य,प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

न्याय क्षेत्रमा महिलाहरुको प्रतिनिधित्व अपरिहार्य,प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्याय क्षेत्रमा महिलाहरुको प्रतिनिधित्व अपरिहार्य रहेको बताउनुभएको छ ।

शुक्रवारबाट ललितपुरमा शुरु भएको महिला न्यायाधीशहरुको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश श्रेष्ठले न्याय क्षेत्रमा महिलाको सारभुत प्रतिनिधित्वबाट दिगो विकासका लक्ष्य हासिल गर्ने तथा लोकतन्त्र, विधिको शासन, समानता र सामाजिक न्याय सुनिश्चित गर्ने महत्वपूर्ण आधार हुने बताउनु भयो ।

उहाँले न्यायपालिकामा महिला न्यायाधीशहरुको उपस्थिति वा प्रतिनिधित्व संख्यामा मात्र नभइ मानव अधिकार तथा न्यायका मूल्य मान्यता र आदर्शप्रति सम्मान एवं न्यायप्रतिको प्रतिवद्धता रहेको बताउनु भयो ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पुरुषको तुलनामा महिला न्यायाधीशहरुले सम्पादन गरेका न्यायहरु बढी विवादरहित हुने धारणा राख्नु भयो । उहाँले अध्ययन समयदेखि नै महिलाहरुलाई न्यायको क्षेत्रमा लाग्नुपर्ने प्रेरणा दिन आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा पूर्वप्रधानन्यायाधी सुशीला कार्कीले महिलाहरु न्यायाधीशहरुले न्यायको क्षेत्रमा उचित निर्णय लिनसक्ने विश्वास
रहेको उल्लेख गर्नुभयो ।

महिला न्यायाधीशहरु न्यायालयमा आउनका लागि अहिले आशातित वातावरण रहेको भन्दै उहाँले संविधानले भनेअनुसारको महिलाको प्रतिनिधित्व हुन आवश्यक रहेको बताउनु भयो ।

शुक्रबार शुरु भएको महिला न्यायाधीशहरुको प्रथम राष्ट्रिय सम्मेलन दुई दिनसम्म चल्नेछ ।
०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);