प्रश्तावित प्रधानन्यायाधीशको मुख्य कार्ययोजनाः पारिवारिक अदालत स्थापना | ईमाउण्टेन समाचार

Our Network

जेठ १६ २०८३, आइतबार

प्रश्तावित प्रधानन्यायाधीशको मुख्य कार्ययोजनाः पारिवारिक अदालत स्थापना

काठमाडौं । प्रधानन्यायाधीशमा प्रश्तावित विश्वम्भरप्रसाद श्रेष्ठले पारिवारिक अदालत स्थापनाका लागि आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

सोमवार सिंहदरवारमा बसेको संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो कार्ययोजना प्रश्तुत गर्दै उहाँले पारिवारिक अदालत वा इजलासको स्थापनाका लागि आफूले पहल गर्ने बताउनुभएको हो । महिलावादी भएका घरेलु हिंसा, मुद्दा, महिला र बालबालिका वादी भई दर्ता भएका अंश मुद्दा, महिलाबिरुद्ध भएका जबरजस्ती करणसम्बन्धि मुद्दाहरु सुनुवाईको लागि सो अदालत आवश्यक पर्ने भएकाले आफूले त्यसमा लागि पहल गर्ने कुरालाई प्राथमिकता दिने प्रश्तावित प्रधानन्यायाधीश श्रेष्ठको भनाई थियो । उहाँले त्यस प्रकारका मुद्दाहरुमा लाग्ने अदालती शुल्क छुट गर्न पनि आफू लागिपर्ने बताउनु भयो । प्रश्तावित प्रधानन्यायाधीश श्रेष्ठले सबै अदालतमा रिक्त रहेका न्यायाधीशहरुको दरबन्दी पूर्तिका लागि यथाशिघ्र प्रक्रिया अघि बढाइने समेत बताउनु भयो ।

प्रश्तावित प्रधानन्यायाधीश श्रेष्ठले चालु आर्थिक वर्ष भित्र जिल्ला अदालत र उच्च अदालतमा दुई वर्ष नाघेका मुद्दाहरुलाई शुन्यमा ल्याउने योजना पनि सुनाउनु भयो । उहाँले सर्वाेच्च अदालतमा वक्यौता मुद्दा न्युनिकरणसम्बन्धि विशेष अभियानलाई निरन्तरता दिई अदालतको समग्र मुद्दा फछ्र्यौटको संख्या वृद्धि गर्ने रणनीति अख्तियार गर्ने समेत बताउनु भयो । संवैधानिक इजलासको व्यवस्थापनलाई प्रभावकारी बनाई इजलासको कार्य सम्पादनमा प्रभावकारिता ल्याइने कार्य योजना समेत प्रश्तावित प्रधानन्यायाधीश श्रेष्ठले समिति समक्ष पेस गर्नुभयो ।

प्रश्तावित प्रधानन्यायाधीश श्रेष्ठले मुद्दाको विषयवस्तु, महत्व र पक्षको अवस्थालाई समेत मध्यनजर गरी पेसी एवं सुनुवाई लगायतको व्यवस्थापनको कामलाई प्राथमिकता दिने बताउनु भयो ।

Leave a Reply