प्रधानमन्त्री ओली दुर्वशा ऋषि बनेको कांग्रेस नेताकाे आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

प्रधानमन्त्री ओली दुर्वशा ऋषि बनेको कांग्रेस नेताकाे आरोप

kp oli

काठमाडौं, १७ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले भ्रष्टाचार गर्दिन र भ्रष्टाचारीको अनुहार हेर्दिन भन्ने प्रधानमन्त्री केपी शर्मा ओली दुर्वशा ऋषि बनेको आरोप लगाउनुभएको छ ।

मंगलबार रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले खान्न भन्दाभन्दै बालुवाटार, खुल्लामञ्चलगायत सबै खान थालेको आरोप लगाउनुभएको हो । उहाँले भन्नुभये ‘दुर्वशा ऋषिले खान्न भन्दाभन्दै लड्डु खाएजस्तै ओलीजी पनि सबै खानुभयो ।’

भूमाफियाहरुले सबै सेटिङ मिलाए बापत नेकपाका महासचिव विष्णु पौडेललाई बालुवाटारको जग्गा बकस दिएको पनि उहाँले दाबी गर्नुभयो । उहाँले भन्नुभयो ‘मैले सुनेको चाहीँ उहाँले सबै सेटिङ मिलाएकोले त्यो ८ आना जग्गा बकस पाउनु भएको हो । अनि कसको नाउमा राखौं भनेर सोध्दा उहाँले आफ्नो नाममा राख्दा नराम्रो सन्देश जान्छ र अर्काको नाममा राख्दा सुरक्षित नहुने भएकोले छोराको नाममा राख्नुभएको हो अरे ।’

यसैगरी सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेता देवेन्द्र पौडेलले सार्वजनिक रुपमा नेपाल सरकारको स्वामित्वमा रहेको जग्गा सरकारले एक टुक्रा जग्गा पनि अपचलन नगर्ने दाबी गर्नुभयो । उहाँले बालुवाटार जग्गा प्रकरणमा महासचिव विष्णु पौडेलको नाममा बढी हल्ला गर्न आवश्यक नरहेको टिप्पणी गर्नुभयो । कुनै पनि व्यक्तिले जग्गा किनबेच गर्न पाउने अधिकार अन्र्तगत नै उहाँले जग्गा किनेको पनि नेता पौडेलले दाबी गर्नुभयो ।

राष्ट्रिय जनता पार्टीका केन्द्रीय उपाध्यक्ष वृषेशचन्द्र लालले बालुवाटार जग्गा प्रकरणका आरोपितहरुले उन्मुक्ति पाउन नहुनेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । मुलुकमा लुटतन्त्र, भ्रष्टाचार र आर्थिक गतिविधिको अराजकता बढ्नुको साथै सबै क्षेत्रमा माफियाहरु सक्रिय रहेको भन्दै उहाँले सरकारलाई कडा रुपमा प्रस्तुत हुन आग्रह गर्नुभयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);