प्रधानमन्त्री ओलीले राजीनामा दिएर आराम गर्नुपर्छ : पशुपति शमशेर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

प्रधानमन्त्री ओलीले राजीनामा दिएर आराम गर्नुपर्छ : पशुपति शमशेर

काठमाडौं, १ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आराम गर्न सल्लाह दिनुभएको छ ।

रिपोर्टस क्लबमा भएको साक्षत्कारमा बोल्दै अध्यक्ष जबराले प्रधानमन्त्री ओलीले आराम गर्ने बेला आएको बताउनुभएको हो । प्रधानमन्त्री ओली स्वस्थ्य भएको अवस्थामा समेत मुलुकका लागि गर्नुपर्ने काम गर्न असफल भएको भन्दै घुमाउरो पारामा जबराले ओलीलाई राजीनामा दिन उचित हुने सल्लाह दिनुभएको हो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री स्वस्थ भएको अवस्थामा पनि मुलुकका लागि निभाउनुपर्ने कर्तव्य निभाउन सक्नु भएन । उहाँले राजीनामा दिन उचित हुन्छ । उहाँलाई आराम गर्न दिने बेला पनि भएको हो । उहाँलाई आराम होस् भन्ने कामना गर्छु । आराम गर्न जे जे गर्नुपर्छ गर्नुहोस् ।’

अध्यक्ष जबराले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले व्यापक भ्रष्टाचार गरेको आरोप समेत लगाउनुभएको छ । संवैधानिक अंगहरुको तोडमोड गरी राजनीतिकरण भएको, परराष्ट्र नीतिमा असन्तुलन आएको र जनतालाई करमाथि कर थुपारेको आरोप पनि लगाउनुभयो ।

प्रधानमन्त्री ओली मात्रै नभएर कम्युनिष्ट पार्टी नै आफ्नो मुल कर्तव्यबाट चुकेको उहाँले बताउनुभयो । अध्यक्ष जबराले सबै पक्षलाई स्वीकार्य हुने साझा संस्थाको रुपमा राजसंस्थासहित प्रजातन्त्रका लागि आफ्नो पार्टी अगाडी बढ्ने बताउनुभयो । संविधान जारी गर्ने समयमा राप्रपा पनि चार शक्तिमध्येको एक भएकाले संविधानप्रति प्रतिवद्ध रहेको उहाँले बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);