बालुवाटार पुगेर प्रचण्डले प्रधानमन्त्री ओलीलाई भेटे | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

बालुवाटार पुगेर प्रचण्डले प्रधानमन्त्री ओलीलाई भेटे

oli n parchanda

काठमाडौं, १ चैत । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटार पुगेर भेट्नुभएको छ ।

प्रचण्डले प्रधानमन्त्रीको स्वास्थ्यस्थितिबारे जानकारी लिनुभएको छ । प्रचण्डले आज बिहान बालुवाटार पुगी प्रधानमन्त्रीको स्वास्थ्यस्थिति बारे जानकारी लिनुभएको हो ।

सो क्रममा अध्यक्ष प्रचण्डले मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएकोमा बधाई दिनुभयो । अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्यलाभको कामना समेत गर्नु भएको थियो । उहाँले समसामयिक राजनीतिक गतिविधिका बारेमा पनि प्रधानमन्त्री ओलीलाई जानकारी गराउनुभएको थियो ।

फागुन २१ गते त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मृगौलाको प्रत्यारोपण गराउनुभएका प्रधानमन्त्री ओली १२ दिन  अस्पतालमा बसेर शुक्रबार साँझ मात्र अस्पतालबाट डिस्चार्ज हुनुभएको हो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);