प्रधानमन्त्रीलाई प्रचण्डले भेटे : डाईलासिस सफलतापूर्वक सम्पन्न, अवस्था सामान्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रधानमन्त्रीलाई प्रचण्डले भेटे : डाईलासिस सफलतापूर्वक सम्पन्न, अवस्था सामान्य

kp-oli

काठमाडौं, १४ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको बिहीबार गरिएको डाईलासिस पनि सफल भएको छ । काठमाडौंको ग्रान्डी अस्पतालमा बिहीबार दोस्रो पटक गरिएको मृगौलाको डाईलासिस पनि भर्खरै सफलतापूर्वक सम्पन्न भएको हो ।

योसँगै चिकित्सकहरुले प्रधानमन्त्री ओलीलाई केहीबेरमै अस्पतालबाट डिस्चार्ज गर्ने तयारी गरेको पनि सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिनु भयो ।

प्रधानमन्त्रीलाई डाईलासिस गरेपछि अस्पतालमै पुगेर भेट गर्नु भएका उहाँले संचारकर्मीमाझ भर्खरै डाईलासिस गरिएको र एकैछिन रेष्ट गरेर प्रधानमन्त्रीलाई डिस्चार्ज गर्न लागिएको बताउनु भयो ।

उहाँले आफूले प्रधानमन्त्री ओलीसँग कुरा गरेको र अवस्था सामान्य रहेको पनि बताउनु भयो । ‘भर्खरै डाईलासिस भएपछि एकैछिन रेष्ट गरेर उहाँ डिस्चार्ज हुँदै हुुनुहुन्छ, आज बालुवाटार जानुहुन्छ,’ अध्यक्ष दाहालको भनाई थियो, ‘प्रधानमन्त्रीले आफूलाई अहिले ठिक भयो भन्नु भयो ।’ प्रधानमन्त्री ओलीले दाहालसँग आफ्नो स्वास्थ्यमा छिटो छिटो समस्या देखा परेको पनि बताउनु भएको थियो ।

अध्यक्ष दाहाललाई प्रधानमन्त्री ओलीको फेरी डाइलासिस गर्नुपर्ने, नपर्ने भन्ने कुरा भने भोली, पर्सीको अवस्थालाई हेरेर मात्रै भन्न सकिने कुरा पनि चिकित्सकहरुले बताएका थिए । प्रधानमन्त्री ओलीले बुधबार ग्राण्डी अस्पतालमा पुगेर मृगौलाको पहिलो डाईलासिस गराउनु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);