भारत र चीन बाहेकका विदेशी नागरिक स्थलमार्गबाट नेपाल प्रवेशमा प्रतिबन्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

भारत र चीन बाहेकका विदेशी नागरिक स्थलमार्गबाट नेपाल प्रवेशमा प्रतिबन्ध

काठमाडौं, १ चैत । शनिबार मध्य रातिदेखि भारत र चीन बाहेकका विदेशी नागरिक स्थलमार्गबाट नेपाल प्रवेश गर्न रोक लगाइएको छ । कोरोना भाइरसको संक्रमण रोक्नका लागि सरकारले स्थलमार्ग हुँदै नेपाल आउने तेश्रो देशका नागरिकलाई शनिबार राति १२ बजेदेखि आउँदो वैशाख १८ गतेसम्मका लागि रोक लगाएको हो ।

बिहीवार बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न गठित उच्चस्तरिय समन्वय समितिको बैठकले गरेको उक्त निर्णय शनिबार राति १२ बजेदेखि आउँदो वैशाख १८ गतेसम्म लागू हुनेछ ।

यस्तै नेपाल–भारतबीचको यात्रु आवागमनलाई व्यवस्थित गर्न निश्चित सीमाबाट मात्र आवागमन गर्ने व्यवस्था मिलाउने सरकारले निर्णय गरिसकेको छ । साथै विदेशी नागरिक तथा गैह्रआवासीय नेपालीलाई नेपाल आइसकेपछि दिइने अन अराइभल प्रवेशाज्ञा पनि शनिवार राति १२ बजेदेखि वैशाख १८ गते सम्मका लागि स्थगित गरिएको छ ।

नेपाल आउने विदेशी तथा विदशबाट आउने नेपाली सबैले अनिवार्य आफैँ १४ दिन क्वारेन्टाइनमा बस्नुपर्नेछ । सरकारले विदेशमा रहेका नेपालीलाई अति आवश्यक काम बाहेक नेपाल नआउन आग्रह गरेको छ ।

यस बाहेक अर्को सूचना प्रकाशन नभएसम्मका लागि श्रम स्वीकृति तथा पढ्न विदेश जानेका लागि दिइने नो अब्जेक्शन लेटर स्थगित गरिएको छ । यस्तै सरकारले संक्रमणबाट जोगिन ठूलो संख्यामा मानिसहरू भेला हुने सभा समारोह, सामाजिक कार्य एंव मेला महोत्सव सहभागी नहुन सबैलाई अनुरोध पनि गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);