सार्क राष्ट्रबीच भिडियो संवाद आज | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

सार्क राष्ट्रबीच भिडियो संवाद आज

pm oli

काठमाडौं, २ चैत । सार्क राष्ट्रबिच कोरोना भाइरसविरुद्ध साझा रणनीति बनाउन आइतबार भिडियो कन्फरेन्स हुने भएको छ । सो भिडियो कन्फरेन्समा प्रधानमन्त्री केपी शर्मा ओली नै सहभागी हुने भएका छन् । आइतबार साँझ ५ बजे हुने सो कन्फरेन्समा प्रधानमन्त्री सहभागी हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले बताए ।

‘सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा रहेको एक्सन रुमबाट प्रधानमन्त्री भिडियो संवादमा सहभागी हुनुहुने कार्यक्रम छ,’ थापाले राजधानीसँग भने । प्रधानमन्त्री शुक्रबार साँझ दोस्रो पटक मिगौला प्रत्यारोपण गरेर १२ दिनपछि त्रिभुवन शिक्षण अस्पतालबाट प्रधानमन्त्री निवास बालुवाटार फर्केका हुन् । उनले शनिवारसमेत बालुवाटारमा विभिन्न राजनीतिक भेटघाट गरेको थापाले बताए । सो कन्फरेन्समा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी हुने भारतले जनाइसकेको छ । भातरका विदेश मन्त्रालयका रविश कुमारले भिडियो संवादमा भारतबाट प्रधानमन्त्री मोदीले लिड गर्ने बताएका छन् । सबैका हितका लागि सँगै हिडौं भन्ने सो भिडियो संवादमा प्रधानमन्त्रीले नै नेतृत्व गर्ने भनेर उनले ट्वीट गरेका छन् । सो कन्फरेन्समा पाकिस्तानको समेत सहभागीता हुने निश्चित भएको बताइएको छ ।

शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै महामारीका रुपमा फैलिएको कोरोना भाइरस विरुद्ध लड्नका लागि सार्कले संयुक्त पहल गर्नुुपर्ने भन्दै साझा रणनीति बनाउन प्रस्ताव राखेका थिए । उनको प्रस्तावलाई प्रधानमन्त्री ओलीले शुक्रबार नै स्वागत गर्दै सहमति जनाएका थिए । यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);