देशभर ३६ हजार स्वास्थ्य स्वयंसेवक खटाइने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

देशभर ३६ हजार स्वास्थ्य स्वयंसेवक खटाइने

DOCTOR

काठमाडौं, २ चैत । सरकारले देशभर ३६ हजार स्वास्थ्य स्वयंसेवक परिचालन गर्ने भएको छ। देशभरका ६ हजार ६ सय ८४ वडामा उक्त संख्यामा स्वयंसेवक परिचालित हुने बताइएको हो।

स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसहित दुई मन्त्रालयका सचिवलगायत उच्च अधिकारीबीच शनिबार बसेको बैठकले स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको हो।

कोरोना भाइरसको संक्रमणबाट बच्न, सेल्फ क्वारेन्टाइनमा बस्दा अपनाउनुपर्ने सावधानीका उपाय र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न स्वयंसेवक परिचालन गर्न लागिएको हो।

हरेक वडामा कम्तीमा ५ जना स्वास्थ्य स्वयंसेवक परिचालन गर्न राष्ट्रिय चिकित्सा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीको संयोजकत्वमा उच्चस्तरीय समिति गठन भएको छ।

समितिमा स्वास्थ्य मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव दीपक शर्मा र स्वाथ्य मन्त्रालयका रेशमराज पोखरेल सदस्य रहनुभएको छ। यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);