गर्भपात ज्यानकै जोखिम | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

गर्भपात ज्यानकै जोखिम

garvapatan

काठमाडौं, २ चैत । एउटी केटी एक जना केटा साथमा लिएर एकाबिहानै खाँदबारी अस्पताल गइन् । उनलाई अस्पतालको ओपीडी खुल्ने समयसम्म पर्खने फुर्सद थिएन । उनी डा. दयाशंकर लाल कर्णको क्वार्टरमै पुगिन् र डाक्टरलाई आफ्ना कुरा बताइन् ।

उनी आफ्नो पेटमा भएको गर्भपतन गराउन चाहन्थिन् । खाँदबारी अस्पतालमा त्यस्तो सुविधा नभएकाले डाक्टर लालले उनलाई विराटनगर जान सल्लाह दिएर बिदा गरे । भोलिपल्ट, २०६० साल जेठ ९ गते जंगलमा झुन्डिई मरेकी एउटी केटीको लास पोस्टमार्टम गराउन प्रहरीले अस्पताल ल्यायो । पोस्टमार्टम गर्न जाँदा डा. लाल छक्क परे । त्यो लास तिनै केटीको थियो जो अघिल्लो दिन उनीसँग गर्भपतन गराइमाग्न आएकी थिइन् ।

संखुवासभाका पत्रकार मातृका तिम्सिनाले गरेको रिपोर्टिङको एउटा अंश हो यो । यो घटना हुनुभन्दा ९ महिनाअघि  (२०५९ असोज १०) मात्रै नेपालमा गर्भपात गराउन पाइने कानुनी व्यवस्था भएको थियो । आफ्नो ठाउँमा सुरक्षित किसिमले गर्भपात गराउने सुविधा नहुँदा ती महिलाले आफूले आफैंलाई मार्नुपर्‍यो । यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);