चट्याङ लागेर दुई जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

चट्याङ लागेर दुई जनाको मृत्यु

beni hospital

काठमाडौं, २ चैत । म्याग्दीको अन्नपूर्ण गाउपालिका–६ खिवाङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।

शनिबार राति चट्याङ लागेर २६ वर्षीय रवीन पुन र ४१ वर्षीय यमकुमारी गर्बुजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुको बेनी अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । राति ९ बजे चट्याङ् लागेर घाइते भएका उनीहरुलाई बिहान बेनी अस्पतालमा ल्याइएको थियो । अस्पतालमा पुर्याएको केही समयमै चिकित्सकले मृत घोषणा गरेका थिए । शव परीक्षणका लागि बेनी अस्पतालका शव गृहमा राखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);