डल्लुको मास्क गोदाममा प्रहरीको छापा, आठ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

डल्लुको मास्क गोदाममा प्रहरीको छापा, आठ जना पक्राउ

mask kalobajari

काठमाडौं, २ चैत । कृतिम अभाव सृजना गरि बढी मूल्यमा सर्जिकल मास्क विक्री गर्ने आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले शनिबार डल्लुबाट उनीहरुलाई पक्राउ गरिएको हो । चाइनाबाट ल्याएको मास्क कालोबजारीमा विक्री गरिरहेको जानकारी पाएपछि पक्राउ गरिएको परिसरका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिनुभयो । पक्राउ पर्नेमा अनिश कार्की, उज्वल अधिकारी, मानकाजी लामा, थुमराज उपाध्याय, निर्प कार्की, मिन्टु तामाङ, गणेश तामाङ लगायत रहेका छन् । तीन रुपैयाँ पर्ने मास्क ३० रुपैयाँ भन्दाबढी मूल्यमा विक्री गर्न लागेको प्रहरीले जानकारी दिएको छ । गोदामबाट प्रहरीले ७८ हजार २ सय ५० वटा मास्क बरामद गरेको बताएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);