कास्कीमा चिनियाँ नागरिकद्वारा मास्कको कालाेबजारी | ईमाउण्टेन समाचार

Our Network

जेठ २५ २०८१, शुक्रबार

कास्कीमा चिनियाँ नागरिकद्वारा मास्कको कालाेबजारी

mask

काठमाडौँ, १९ चैत । बढी मूल्यमा मास्क बेच्ने एक चिनियाँ महिला पक्राउ परेकी छन् । चार रुपैयाँ पर्ने मास्कलाई ३० रुपैयाँभन्दा बढीमा बेचेको आरोपमा चिनियाँ नागरिक ४७ वर्षीया क्वान जूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कास्कीको बैदाममा रहेकी उनलाई एक हजार एक सय ५० थान मास्कसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीका अनुसार ४ रुपैयाँ पर्ने मास्कलाई ३० रुपैयाँ भन्दा बढीमा बेचेको पाइएकाले उनलाई पक्राउ गरिएको हो ।

पोखरामा व्यवसाय गर्दै आएकी उनलाई चैत १५ गते पक्राउ गरिएको थियो । १६ गते जिल्ला प्रशासन कार्यालय कास्कीबाट ५० हजार रुपैयाँ धरौटी तिराएर रिहा गरिएको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);