यी हुन् आफ्नै छोरालाई लागूऔषध सेवन गर्न सिकाउने आमा | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८३, शनिबार

यी हुन् आफ्नै छोरालाई लागूऔषध सेवन गर्न सिकाउने आमा

काठमाडौं, ८ जेठ । काठमाडौंमा एक महिलाले आफ्नै छोरालाई लागू औषध सेवन गराउने गरेको खुलासा भएको छ । नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्यूरोले काठमाडौं महानगरपालिका वडा नम्बर १६ की ५० वर्षीया सावित्री श्रेष्ठले भारतीय सिमाबाट लागू औषध नियन्त्रित मनोद्धिपक पदार्थ एम्पुल मगाई आफ्नै घरबाट बिक्री वितरण गर्ने क्रममा उनका छोराहरुले पनि सेवन गर्ने गरेको पाइएको जानकारी गराएको हो ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी व्यूरोका एसएसपी बसन्तकुमार लामाले घरबाटै लागू औषध विक्री वितरण गर्ने क्रममा निज श्रेष्ठका दुई वटा छोराहरु पनि लागू औषधको लतमा फसेको अनुसन्धानको क्रममा खुल्न आएको जानकारी दिनु भयो ।

गत मंगलबार निज श्रेष्ठलाई प्रहरीले लागू औषध नियन्त्रित मनोद्धिपक लागू औषध एम्पुल र लागू औषध विक्री वितरण गरी संकलन गरेको १ लाख ४१ हजार रुपैयाँसहित नयाँ बसपार्कबाट पक्राउ गरेको थियो ।

त्यसैगरी प्रहरीले लागू औषध चरेशसहित झापाका संजय दर्जी, मनोज दर्जी, धनकुटा घर भई हाल सुनसरीको इटहरी बस्दै आएका कुमार गुरुङलाई पनि पक्राउ गरेको छ । एसएसपी लामाले उनीहरुलाई १७ केजी चरेशसहित झापा जिल्लाको टोकला चिया बगानबाट पक्राउ गरिएको जानकारी दिनु भएको हो । उनीहरुमाथि आवश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।

ताजा समाचार

Expert Guide to Football Lineup Prediction

६ घन्टा अघि

The Complete Guide to Betting Site Bonuses

६ घन्टा अघि

Duel Bet: The Casino Showdown

७ घन्टा अघि