अबैध लागू औषध ओसारपसार तथा विक्री वितरणमा संलग्न १० जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

अबैध लागू औषध ओसारपसार तथा विक्री वितरणमा संलग्न १० जना पक्राउ

बाल यौन दुराचारी

काठमाडौं, ४ बैशाख । अबैध लागू औषध ओसारपसार तथा विक्री वितरणमा संलग्न १० जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । अवैध लागुऔषध ओसारपसार तथा विक्री वितरण गर्ने १० जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरी बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

विशेष सुचनाको आधारमा त्यस्तो कारोवारमा संलग्न व्यक्तिहरुको खोजतलास गरी पक्राउ गर्न महानगरीय प्रहरी वृत्त दरवारमार्गबाट खटिएको टोली सफल भएको हो । मंगलबार ९ बजेको समयमा काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं २ नागढुँगामा नवलपरासीबाट काठमाडौं आइरहेको लु २ ख २०९६ न गाडी चेकजाच गर्दा अवैैध लागु औषध सहित प्रहरीले कारोवारीलाई पक्राउ गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);