एक लाख ६८ हजार मास्क बरामद | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

एक लाख ६८ हजार मास्क बरामद

mask 3 rupee

काठमाडौं, ३ चैत । कपनबाट प्रहरीले ठूलो परिमाणमा मास्क बरामद गरेको छ । आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंले लुकाएर राखिएको अवस्थामा एक लाख ६८ हजार मास्क बरामद गरेकोे हो । कालोबजारी गरेको आरोपमा मास्कसहित सात जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

यसअघि शनिबार प्रहरीले काठमाडौँको डल्लुबाट ७८ हजार मास्क बरामद गरी आठ जनालाई पक्राउ गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);