ललितपुर । गोदावरी नगरपालिका–१४ ठैव बस्ने राजेश महर्जनको घरमा तास खेलिरहेको अवस्थामा ११ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८ लाख ४३ हजार ६ सय ९० रूपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
गोदावरीमा तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ, करिव साढे आठ लाख नगद बरामद
ताजा समाचार
महिला साफ आयोजना गर्न नेपालले प्रस्ताव गर्ने
४३ सेकेंड अघि
छाउपडी प्रथाविरुद्ध सचेतनामुलक गीत ‘छाउपडीको वेदना’
१५ मिनेट अघि
यस्तो छ विदेशी मुद्राको विनिमय दर
१ घन्टा अघि
मध्यअसारसम्म लुम्बिनीमा ३३ प्रतिशत मात्र रोपाईं
१ घन्टा अघि
जिता नदीमा बाढी आएपछि २५ घर उच्च जोखिममा
१६ घन्टा अघि
मोटरसाइकल तथा स्कुटर चोरीमा ६ जना पक्राउ
१६ घन्टा अघि