जुवातास खेलिरहेको अवस्थामा ५४ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८०, बुधवार

जुवातास खेलिरहेको अवस्थामा ५४ जना पक्राउ

juwa

काठमाडौं । प्रहरीले काठमाडौं, ललितपुर, दाङ र बाँकेबाट जुवातास खेलिरहेको अवस्थामा ५४ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१४ लुम्विनी खाजा घरमा तास खेलिरहेको अवस्थामा ७ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २२ हजार २ सय रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको जनाएको छ । 

ललितपुरको महालक्ष्मी नगरपालिका–४ ईमाडोल सेतीपाखास्थित एक बहादुर रानाको टहराभित्र तास खेलिरहेको अवस्थामा २४ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ८५ हजार ३ सय ३० रुपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो । 

दाङको घोराही उपमहानगरपालिका–१५ स्वस्थानी टोलस्थित न्यू सुप्रिया होटल एण्ड लजमा तास खेलिरहेको अवस्थामा ११ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २१ हजार ३ सय ५ रुपैयाँ र ७ बुक तास सहित पक्राउ गरेको हो । 

बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१ धम्बोजीस्थित सिटी प्यालेस होटलको कोठा नम्बर ६०६ मा तास खेलिरहेको अवस्थामा १२ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६ लाख ९४ हजार ५ सय रुपैयाँ र ५ बुक तास सहित पक्राउ गरेको हो । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);