माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको परीक्षण सुरु, किनारका नागरिकलाई सतर्क रहन आयोजनाको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको परीक्षण सुरु, किनारका नागरिकलाई सतर्क रहन आयोजनाको आग्रह

mathillo tamakoshi

दोलखा, ३ चैत । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले सोमबारदेखि परीक्षण थालेको छ । सोमबारदेखि जलाशयुक्त बाँधमा पानीजम्मा गरेर परीक्षण सुरु गरिएका हो ।

२०७२ सालको भूकम्पले १७ इञ्च भासिएको उक्त बाँधस्थलबाट परीक्षण थालिएको हो । दोलखाको लामाबगरस्थित ४ सय ५६ मेगावाट क्षमताको उक्त आयोजनाको निर्माण सुरु भएको आठ वर्षपछि परीक्षण थालिएको हो । करिब एक महिना बाँधभित्र पानी जमाउँदै खोल्दै गरिने आयोजनाद्वारा जारी सूचनामा उल्लेख छ । बाँध ६० मिटर लम्बाइ र २२ मिटर उचाइको छ ।

सतहमुनि ७ मिटर र त्यसभन्दा माथि १५ मिटर उचाइ छ । उक्त बाँध परीक्षणको क्रममा तामाकोसी किनारका नागरिकलाई सतर्क रहन आयोजनाले आग्रह गरेको थियो । पानी जम्मा गर्दा खोलाको सतह निकै तल झर्छ । ढोका खोल्दा ह्वात्तै पानीको सतह बढ्ने हुँदा दुर्घटना निम्तने सक्ने भएकाले खोला किनारमा नजान आयोजनाले सूचना गरेको हो । योजनाको सम्पूर्ण कार्य हालसम्म ९९ दशमलव ४ प्रतिशत सकिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);