तामाकोशीको सुरुङ मार्ग खनेर सकियो, पुसबाट नेपाल झिलिमिली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

दोलखा, ४ मंसिर । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सुरुङ मार्ग खनेर सकिएको छ। आयोजनाको सबैभन्दा महत्वपूर्ण सुरुङ खनेर सकिएसँगै अब निर्धातिर समयमै आयोजना बन्नेमा पक्कापक्की भएको हो। नेपाल आफैले निर्माण गर्न लागेको ४ सय ५६ मेगावाट क्षमताको आयोजनाले २०७५ पुसदेखि विद्युत् उत्पादन सुरु गर्ने बताएको छ।

आयोजनाले आइतबार दिएको जानकारी अनुसार ८.५ किमी लामो मुख्य सुरुङको ५ किमीभन्दा बढी दुवैतिरबाट ‘हेडरेस टनेलको ब्रेक थ्रुरु’ भएको हो। योसँगै विगु गाउँपालिकास्थित आयोजनाको मुख्य सुरुङको सम्पूर्ण खन्ने काम सकिएको छ भने आयोजनाको समग्र भौतिक संरचना निर्माण प्रगति ९२ प्रतिशत पुगेको छ।

जोखिमपूर्ण क्षेत्रको सुरुङलाई विस्फोट गरी आइतबार बिहान सफलतापूर्वक छेडिएपछि विद्युत् प्राधिकरणका उच्च अधिकारी, कर्मचारी, लगानीकर्तादेखि श्रमिकसम्म सबैले खुसी साटासाट गरेका थिए। मुख्य सुरुङ जोडिन बाँकी रहेको अन्तिम २ मिटर भागलाई छेडेर एकआपसमा जोडेपछि ऊर्जा सचिव अनुपकुमार उपाध्याय, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजना कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठलगायत टोली दुवैतिरबाट आई हात मिलाउँदै आपसमा बधाई साटासाट गरेका थिए।

एक टोली मुख्य सुरुङको भैंसे अडिट र अर्को टोली गोंगरडाँडा अडिटबाट छिरेर ब्रेक विन्दुमा भेटेका थिए । भैंसे अडिटबाट करिब ३।३ किलोमिटर र गोंगरडाँडा अडिटबाट करिब १.७ किलोमिटर खनेर सुरुङ छिचोलिएको आयोजनाले जनाएको छ। हालसम्म १७.२५ किमि सुरुङ निर्माण पूरा भएको आयोजनाले जनाएको छ। ०६७ मा निर्माण सुरु आयोजना ०७१ चैतभित्र सम्पन्न हुने लक्ष्य राखिएको थियो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);