भेरी–बबई डाइभर्सन: न पानी फर्काउन बाँध छ, न पावरहाउस, अझै ५ वर्ष सुरुङ प्रयोगविहीन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

भेरी–बबई डाइभर्सन: न पानी फर्काउन बाँध छ, न पावरहाउस, अझै ५ वर्ष सुरुङ प्रयोगविहीन

bheri babai brek throw

काठमाडौं, ४ बैशाख । भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माण भए पनि प्रयोगमा ल्याउन अझै ५ वर्ष लाग्ने भएको छ । टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोग गरेर सुरुङ निर्धारित समयभन्दा एक वर्षअघि नै निर्माण सकिएको भए पनि सुरुङको प्रयोग भने अहिले नहुने भएको हो ।

सुरुङमा पानी लान आवश्यक बाँध बनाउन आवश्यक खरिद प्रक्रिया नै हालसम्म सुरु भएको छैन । त्यस्तै सुरुङ हुँदै निस्किने पानीबाट विद्युत् उत्पादन गर्न आवश्यक पावरहाउस निर्माण खरिद प्रक्रिया पनि सुरु भएको छैन । सुरुङको सफलताअनुसार नै अन्य निर्माण प्रक्रिया अगाडि बढाउने योजनाअनुसार नै यसलाई पहिलो प्राथमिकता दिएको आयोजना निर्देशक सञ्जीव बरालले बताए । सुरुङ छेड्ने काममा पाएको सफलतासँगै अब अन्य निर्माणको प्रक्रिया पनि अघि बढ्ने उनको भनाइ छ ।

६ महिनाभित्र सुरुङको ‘फिनिसिङ’  
आयोजनाको १२.२ किलोमिटर सुरुङ छेड्ने काम ०७६ को चैतमा सक्ने लक्ष्य भए पनि ०७५ चैतमा सकिएको आयोजनाका निर्देशक बरालले बताए । उनले भने, ‘टिबिएमको प्रयोग गरी चौबिसै घन्टा सुरुङ खनेर लक्षित समयभन्दा एक वर्षअघि नै ब्रेक थु्र भएको हो ।’ छेडिएको सुरुङमा पानी प्रवाह गर्न मिल्ने गरी ‘फिनिसिङ’ गर्न अझै ६ महिना लाग्ने आयोजनाका सिनियर डिभिजनल हाइड्रोलोजिस्ट कृष्णप्रसाद उपाध्यायले बताए ।  यो समाचार आजको नयाँ पत्रिका दैनिकमा लेखेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);