भेरी–बबई डाइभर्सन आयोजनाको निर्माण कार्य तीव्र | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

भेरी–बबई डाइभर्सन आयोजनाको निर्माण कार्य तीव्र

bheri-babai

नेपालगन्ज, ३१ साउन । राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । सुरुङ खन्ने काम लक्ष्य भन्दा दोब्बर भइरहेको आयोजनाको दाबी छ ।

भेरी–बबई डाइभर्सन आयोजनाको सुरुङ खन्ने काम २०७४ असोज ३० गतेबाट थालिएको हो । २०७५ साउन ३० गतेसम्म ७ किलोमिटर सुरुङ निर्माण पूरा भएको छ । टिबीएम मेसिनले दैनिक २० मिटर लामो सुरुङ खन्ने लक्ष्य रहेपनि अहिले दैनिक ४५ मिटरसम्म सुरुङ खन्ने काम भइरहेको छ ।

१८ महिनामा १२ किलोमिटर सुरुङ खन्ने लक्ष्य रहेकोमा अहिलेको प्रगतिले एक बर्षमा नै पुरा हुने देखिएको छ । भेरी नदिको सुर्खेत रामघाट चिप्लेमा बाँध बनाएर हात्तीखाल स्थित बबईमा सुरुङ्गबाट पानी ल्याइने छ ।

आयोजनाको निमार्नण कार्य सम्पन्न भई संचालनमा आएपछि लोडसेडिङ र सिंचाइको समस्याबाट मुक्त हुने भन्दै स्थानीय खुसी भएका छन् । चाइना ओभरसिज इन्जिनियरिङ् ग्रुपले सुरुङ निर्माण गरिरहेको छ ।

आयोजनाको निर्माण कार्य सन् २०१५ बाट सुरु भएको आयोजना सन् २०२० मार्चसम्म सम्पन्न गर्ने लक्ष्य छ । आयोजना निर्माणमा ५ सय ३० जना नेपाली र ९० जना चिनिया कर्मचारी खटिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);