माथिल्लो तामाकोसी आयोजना दुई बर्ष ढिला हुने सङ्केत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

माथिल्लो तामाकोसी आयोजना दुई बर्ष ढिला हुने सङ्केत

काठमाडौं, १३ माघ । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाकोलागि आवश्यक सामग्री ढुवानि गर्ने भारतिय ठेकेदार कम्पनिले काममा ढिलाई गर्दा आयोजना झण्डै २ बर्ष पछि धकेलिने सङ्केत देखिएको छ ।

भारती ठेकेदार कम्पनी टेक्सम्याको रेल्वे इन्जिनियरिङले पेनस्टक पाइपको ढुवानिको काम २५ प्रतिशतमात्र पुरा गरेकोले आयोजना झण्डै २ बर्ष ढिला हुने सङ्केत देखिएको हो ।

आयोजनाले निर्माण कार्यलाई छिटो छरितो बनाउन ४ भागमा विभाजन गरी ठेक्का लगाएको तर भारती ठेकेदार कम्पनी टेक्सम्याको रेल्वे इन्जिनियरिङले लक्ष्यअनुसार काम नगर्दा आयोजना करिब २ वर्ष ढिला हुने सङ्केत देखिएको आयोजनको उच्च स्रोतले जनाएको छ ।

टेक्सम्याकोले ढुवानी गरी जडान गर्नु पर्ने ५ मिटर लम्बाई र ३ दशमलब ६ गोलाई भएको १ सय ६० ओटा पेनस्टक पाइपमध्ये आयोजनास्थलमा करिब ४० ओटामात्र ढुवानी भएको छ । आयोजना व्यवस्थापनले कम्तिमा २० ओटा गाडीबाट ढुवानी गर्न पटकपटक पत्राचार गरे पनि भारतीय ठेकेदार कम्पनीले ३ ओटा गाडीले मात्र ढुवानी गरिरहेको आयोजनाको उच्च स्रोतले जनाएको छ ।

लट–२ को ठेकेदार टेक्सम्याकोले लक्ष्य अनुसार कार्य नगरिदिँदा समयमा नै आयोजनको काम सम्पन्न गर्न समस्या भएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले स्वीकार गरेका छन् । आयोजनाको निर्माण कार्य करिब ९४ प्रतिशत सम्पन्न हुँदा भारतीय ठेकेदार कम्पनी टेक्सम्याकोको ठेक्काको काम भने ४० प्रतिशत पनि सम्पन्न हुन सकेको छैन ।

टेक्सम्याकोले एउटा पेनस्टक पाइप सिमरादेखि सिन्धुपाल्चोकको सुनकोशीसम्म ५ दिन र सुनकोशीबाट आयोजनास्थल लामाबगरसम्म करिब १२ दिन लगाएर ढुवानी गर्दै आएको छ । उक्त ठेकेदार कम्पनिले बाँकी सामान पनि यहि प्रकृयाले ढुवानि गरे १२० ओटा पेनस्टक पाइप ढुवानी गर्न साढे २ वर्ष लाग्ने देखिन्छ ।

आयोजनाको ३७३ मिटरको ठाडो सुरुङ, १०० मिटरको तेर्सो सुरुङ र ३१० मिटरको अर्को ठाडो सुरुङमा पेनस्टक पाइप जडान गर्नु पर्ने हुन्छ । पेनस्टक पाइप जडानको काम नभै विद्युत उत्पादन सम्भव नभएकोले आयोजनाको काम पछि धकेलिने सङ्केत देखिएको आयोजनाको उच्च स्रोतको भनाई छ । नेपाल विद्युत् प्राधिकरणका एक उच्च अधिकारीका अनुसार तामाकोसी आयोजनाले निर्धारित समयमा विद्युत् उत्पादन गर्दा भारतलाई बार्षिक करिब १६ अर्ब घाटा लाग्ने हुँदा भारतीय कम्पनिले नियतबस काममा ढिलाई गरिरहेको हुन सक्छ ।

राष्ट्रिय गौरवको आयोजनालाई समयमै सम्पन्न गर्ने र काममा कसैले जानिजानि ढिलाई गरेको छ भने त्यस्तोलाई कार्वाहि गर्ने आँट सरकारले गर्नु पर्ने सरोकारवालाको भनाई छ ।

यो खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);