काठमाडौंमा कौडा खेलिरहेको अवस्थामा १३ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

काठमाडौंमा कौडा खेलिरहेको अवस्थामा १३ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–६ रामहिटीस्थित प्रेम बहादुर भण्डारीको घरमा कौडा खेलिरहेको अवस्थामा १३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । घरको तेस्रो तलामा जुवातास खेलाइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट नगद ३ लाख ९७ हजार रुपैयाँ र १९ थान कौडा बरामद गरिएको प्रहरीले जनाएको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);