नयाँबजारबाट जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

नयाँबजारबाट जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–६ नयाँबजार गितान्जली चोक बस्ने राजेश श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–१ बस्ने ४३ वर्षीय रोशन ठकुरी समेत १० जना छन् । उनीहरुलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । श्रेष्ठको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले  उनीहरूलाई २ लाख ४२ हजार रुपैयाँ, कौडा १६ वटा र मोबाइल ११ वटा सहित पक्राउ गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);