तनहुँमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

तनहुँमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

तनहुँ। पृथ्वीराज मार्गमा पर्ने व्यास नगरपालिका-५ चापाघाट ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ। माथिल्लो गुणादीबाट दमौली जाँदै गरेको ग १ त ६७३५ नम्बरको इट्टा बोकेको ट्याक्टर शुक्रबार दिउँसो दुर्घटना हुँदा घाइते चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।  लमजुङको मध्य नेपाल नगरपालिका-९ दुई पिप्ले बस्ने  २५ वर्षीय सञ्जय श्रेष्ठको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख राजीव विष्टले जानकारी दिए ।

घाइते श्रेष्ठको जिल्ला अस्पताल दमौलीमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो । ट्याक्टर अनियन्त्रित भएर सडकको नालीमा खसेको प्रहरीको भनाइ छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);