ट्याक्टर दुर्घटनामा चालकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

तनहुँ । तनहुँको बन्दीपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बन्दीपुर गाउँपालिका–१ स्याउली चिसापनीमा शनिबार साँझ ग१त ३११६ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो ।

ट्याक्टर चालक बन्दीपुर-२ पौवाका २३ वर्षीय सुदिप कपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमल्सिनाले जानकारी दिए । गम्भीर घाइते उनको लक्ष्मी अस्पताल डुम्रेमा उपचारको क्रममा मृत्यु भएको हो ।

ट्याक्टरका सहचालक सोही स्थानका ३५ वर्षका माधव विक पनि घाइते भएका छन् । विक सामान्य उपचारपछि डिस्चार्ज भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);