ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, चार जना घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, चार जना घाइते

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका- ३ रनगाईमा ट्याक्टर पल्टिँदा दुई जनाको घटना स्थलमा मृत्यु भएको छ । लु ४ त २४०२ नम्बरको ट्याक्टर म‌गलबार बिहान ७ बजे दुर्घटना भएको थियो ।

मृत्यु हुनेमा स्थानीय ४८ वर्षिया शिवकुमारी थारू र १६ वर्षिया फुलकुमारी थारू रहेकी इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ ।  बलराम सुनार, कृष्ण विक, सरिता थारू र सीमा थारू घाइते भएका र बलरामको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक लीलाराम आचार्यले बताए ।

बालुवा लिनको लागि मजदुर लिएर बुद्धभूमि ४ बुड्ढी जाने क्रममा सडकदेखि करिब ५ मिटर तल खसेर दुर्घटना भएकाे हाे । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);