पाल्पामा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

पाल्पामा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

काठमाडौं । पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार राति कालीगण्डकी कोरिडोर अन्तर्गत पिपलडाँडाबाट हुँगीतर्फ जादै गरेको लु४त ७९१६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा अन्य ४ जना घाइते भएका छन् ।

ट्याक्टरमा सवार रम्भा गाउँपालिका–१ हुँगीका १७ वर्षीय विशाल थापाको मृत्युृ भएको प्रहरीले जनाएको छ । ट्याक्टर अनियन्त्रित भई सडकबाट १५ मिटर तल खसेको थियो । विशाल थापाको उपचारको क्रममा तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको हो । स्थानीय र प्रहरीले घाइतेको उद्धार गरेका थिए ।

रम्भा गाउँपालिका २ हुँगीका विवेक थापा, सोही स्थानका पूर्ण बहादुर बोटे, रामपुर नगरपालिका वडा नं. १ का दिलबहादुर घर्ती, सोही स्थानका युवराज घर्ती घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);