आज यी प्रदेशमा हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८०, मंगलबार

आज यी प्रदेशमा हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने बिहानको समयमा तराईका धेरै भू–भागहरूमा हुस्सु/कुहिरो लागिरहेको अवस्था छ। जल तथा मौसम विभागका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बर्षा हुनेछ ।

बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ। त्यस्तै, आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका हिमाली केही भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै, राती सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू–भागहरूको मौसम बदली देखी सामान्यतया सफा रहनेछ। यसैगरी, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

बिहानको समयमा तराईका धेरै भू–भागहरूमा बाक्लो हुस्सु÷कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्ने सम्भावना रहेको भन्दै विभागले आवश्यक सावधानी तथा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);