तराईमा हुस्सु, पहाडी तथा हिमाली भागमा हिमपात | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

तराईमा हुस्सु, पहाडी तथा हिमाली भागमा हिमपात

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। पहाडी भू–भागमा आंशिक मौसम सामान्यतया सफा रहेको छ। र तराईका भू–भागमा हुस्सु/कुहिरो लागेको छ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा सामान्य बदलीको सम्भावना रहेको जल तथा मौसम विभागले जनाएको छ ।

बाँकी भू–भागमा सामान्य बदलीको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै, आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्य बदली हुनेछ भने बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ। सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);